शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ८ झिलझिलेमा दोस्रो समाजसेवी सांस्कृतिक तथा साङ्गीतिक मिनीमेला २०८१ सञ्चालन हुने भएको छ ।
समाजसेवी क्लवको आयोजनामा यही असोज २४ गतेदेखि मंसीर ३ गतेसम्म मेला सञ्चालन हुने झिलझिलेमा आज पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको हो ।
क्लवले आयोजना गरेको पहिलो मेलाबाट प्राप्त रकमले नगरभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण गरिनुका साथै विभिन्न समाजिक कार्य गरेको र यस मेलाबाट बचत हुने रकमबाट पनि समाजिक क्षेत्रमा सहयोग गर्ने क्लबका पूर्व अध्यक्ष राजु त्रिखत्रीले बताए ।
मेलामा विभिन्न ब्याण्ड लगायत स्थानीय तथा राष्ट्रिस्तरका कलाकारको प्रस्तुति रहने क्लवका सल्लाहकार तथा शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष सुरज रिङलुङ्ग राईले जानकारी दिए ।
क्लवका अध्यक्ष मिलन सुब्बाको अध्यक्षतामा पत्रकार सम्मेलन गरिएको थियो ।