२०८१ मंसिर १२, बुधवार , ०८:३०:४७ बजे

Sajhamanch
'

काँकरभिट्टामा सशस्त्र प्रहरीद्वारा कार र सवा एक लाखको पटाका बरामद

शुक्रवार, असोज ४, २०८१

झापा । झापाको काँकरभिट्टाबाट सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मले एक लाख भन्दा बढी मूल्यबराबरको पटाका बरामद गरेको छ ।

सशस्त्र प्रहरीले बरामद गरेको पटाका स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीलगायतको रोहवरमा नष्ट गरिएको छ ।

प्रहरीले १ लाख १८ हजार ८६४ रुपैयाँबराबरको पटाका नष्ट गरिएको गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक लोकनाथ उप्रेतीले जानकारी दिए ।

भारतबाट काँकरभिट्टा नाका हुँदै अवैध रुपमा भित्र्याइएको प्रतिबन्धित पटाका नियन्त्रणमा लिएर शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टा परिसरभित्र खाल्डोमा हालेर नष्ट पारिएको हो ।

भारतीय नम्बर प्लेटको डब्ल्यु ७४ एपी २३२७ नम्बरको मारुती कारमा ती पटाका ल्याइएको थियो । भारी मात्रामा प्रतिबन्धित वस्तु हालेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो ।

प्रहरीलाई देख्नासाथ कार छाडेर चालक भागेपछि शंका लागेर हेर्दा भारी मात्रामा प्रहरीले पटाका बरामद गरेको थियो । पटाका नष्ट गरेर सवारीसाधनलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको छ ।

सम्बन्धित खबर