२०८१ पौष २७, शनिवार , ११:०८:१५ बजे

Sajhamanch
'

अवैध लागू औषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । अवैध लागू औषधसहित देशका विभिन्न स्थानबाट पाँच जना पक्राउ परेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित नेपाल भारत सीमाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९५० मिलिग्राम सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गर्‍यो ।

पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका–३ बस्ने ३० वर्षीय टेकेन्द्र भट्ट र सोही नगरपालिका–६ बस्ने ३० वर्षीय गणेश पाण्डेय रहेका छन् ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर लागूऔषध नियन्त्रण शाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यता रूपन्देहीको बुटवल उपमहानगरपालिका–२ पाखापानीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम र मोबाइल १ थान सहित सोही उपमहानगरपालिका डेरा गरी बस्ने गुल्मी रिडि घर भएका २४ वर्षीय अजय सुनारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा, प्रहरी बिट जितगढि किल्ला र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टा पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित अर्जुनधारा नगरपालिका-११ बुट्टाबारी स्टाफ चोक बस्ने २० वर्षीय विपिन माझीलाई बिहीबार राती प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

चितवनको भरतपुर महानगरपालिका–७ कृष्णपुर बस्ने ३२ वर्षीय सजीव महतोलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५३० मिलिग्राम सहित बिहीबार राती प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

शुक्रवार, असोज ४, २०८१ | अपराध, समाज

सम्बन्धित खबर