२०८१ असोज ३, बिहिवार , ०३:१७:२४ बजे

Sajhamanch
'

मनिषा लोहार हत्या घटना : व्यवसायीद्वारा घोर भत्सर्ना

आइतवार, भदौ ३०, २०८१

बिर्तामोड । म्यानपावर सेवा प्रदायक संस्थामा कार्यरत कर्मचारी मनिषा लोहारको छुरी हानेर गरिएको हत्याप्रति वैदेशिक रोजगार व्यवसायी संघ झापाले घोर भत्सर्ना गरेको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गरेर संघले गत साउन २८ गते त्रिवेणी एचआर सोलुशन प्रालिको शाखा कार्यालय बिर्तामोडमा रिसेप्सन पदमा कार्यरत कर्मचारी अन्दाजी १९ वर्षीया मनिषा लोहारको हत्याप्रति भत्सर्ना गरेको हो ।

कार्यालयबाट आफ्नो डेरातर्फ फर्कने क्रममा अपरिचित व्यक्तिले बीच सडकमा पटक पटक छुरा प्रहार गरी सख्त घाइते भएकी उनलाई उपचारार्थ बि एण्ड सी अस्पताल पुर्याइए तापनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनको हत्याले वैदेशिक रोजगार व्यवसायी संघ झापा लगायत सिङ्गो वैदेशिक रोजगार व्यवसायीहरुलाई मर्माहत एवम् स्तव्ध तुल्याएको संघका अध्यक्ष धनबहादुर पन्धाकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

समाजमा हुने यस्ता अप्राकृतिक घटनाप्रति संघले घोर भत्र्सना गर्दै संघले उक्त घटनाको निष्पक्ष छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन र दोषीलाई कडाभन्दा कडा कार्यवाहीका लागि प्रहरी प्रशासन समक्ष माग गरेको छ ।

सम्बन्धित खबर