२०८१ असोज ३, बिहिवार , १०:०२:४५ बजे

Sajhamanch
'

जापान पठाउँछु भनेर ठगेको आरोपमा एकजना पक्राउ

आइतवार, भदौ ३०, २०८१

झापा । जापान पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–७ घर भएर बुढानीलकण्ठ बस्दै आएका ४२ वर्षीय राम कुमार जिमी छन् ।

उनले जापान पठाउँछु भनेर ३ जनाबाट ४ लाख ५० हजार ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।

सुन्धाराबाट पक्राउ गरेर आरोपीलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको एसपी आचार्यले बताए ।

आइतवार, भदौ ३०, २०८१ | अपराध, समाज

सम्बन्धित खबर