२०८१ मंसिर १२, बुधवार , ०१:५०:३१ बजे

Sajhamanch
'

उपभोक्ता जागरण अभियानको केन्द्रीय समिति र झापा समिति सर्वसम्मत चयन

आइतवार, भदौ ३०, २०८१

झापा । उपभोक्ता जागरण अभियान नेपालको भदौ २९ गते बिर्तामोडमा सम्पन्न तेस्रो राष्ट्रिय अधिवेशनले कृष्णप्रसाद भण्डारी मार्सेलीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

उपभोक्ता जागरण अभियान नेपालको तेस्रो राष्ट्रिय अधिवेशनले अध्यक्ष मार्सेलीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो । केन्द्रीय कार्यसमितिको उपाध्यक्षहरुमा सुशीलाकुमारी दवाडी सुवेदी, राजेन्द्रकुमार घिमिरे र रोहितकुमार दाहाल, महासचिवमा चिन्तामणि पराजुली, सचिवद्वयमा शान्ता घिमिरे र रामजनक कटुवाल, सहसचिवमा बद्रीविशाल घिमिरे र कोषाध्यक्षमा केशवप्रसाद चापागाई चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा लक्ष्मण थापा, सहदेवप्रसाद बाँस्तोला, मणिकुमार अर्याल, यज्ञ शर्मा, मोहन काजी, निलकण्ठ तिवारी, मुरारी वस्ती र प्रेमप्रसाद घिमिरे रहेका छन् ।

यस्तै उपभोक्ता जागरण अभियान नेपाल झापाको प्रथम अधिवेशन पनि सम्पन्न गरिएको छ । अधिवेशनले शालिकराम भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

बिर्तामोड स्थित सेन्टर पोइन्ट पार्टी प्यालेसमा भदौ २९ गते सम्पन्न पहिलो जिल्ला अधिवेशनले अध्यक्ष भट्टराईको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा इन्द्र ओली, सचिवमा विशाल थापा, सहसचिवमा कल्पना भट्टराई र कोषाध्यक्षमा शेखरनाथ अधिकारीलाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा अर्जुन कार्की, कमला शिवाकोटी, धमेन्द्रकुमार गुप्ता, राजन पौडेल, विदुर तिवारी, थिरप्रसाद खतिवडा, उदयनारायण ढुंगाना र रमेश खरेल रहेका छन् ।