२०८१ मंसिर १५, शनिवार , ०३:१६:१६ बजे

Sajhamanch
'

चामलको बोराभित्र लुकाएर ल्याएको ब्राउन सुगरसहित सार्की काँकडभिट्टामा समातिए

शनिवार, भदौ २९, २०८१

झापा । पूर्वीनाका हुँदै भारतबाट ठुलो मात्रामा लागू औषध भित्र्याउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कपिलवस्तु बुद्धभूमि नगरपालिका-४ स्थायी ठेगाना भई हाल झापा दमक नगरपालिका-९ बस्ने ४७ वर्षीय शुक्रराज नेपाली सार्की रहेका छन् ।

उनलाई शुक्रबार दिउँसो अन्दाजी २ बजे मेचीनगर-६ काँकडभिट्टास्थित मेची भन्सार कार्यालयको भवन अगाडी चेक प्वाइन्टमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले पक्राउ गरेको थियो ।

भारतको पानीट्यांकीबाट सिटी सफारीमा नेपालतर्फ आइरहेका सार्कीले रोयल पाल्की लेखिएको चामलको बोराभित्र लुकाएर ल्याएको प्लास्टिकसहित १०९ ग्राम १५० मिलिग्राम ब्राउन सुगर प्रहरीले फेला पारेको थियो ।

उनलाई नियन्त्रणमा लिई आवश्यक कार बाईँको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर