झापा । झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भदौ २६ गते रतुवामाईमाई नगरपालिका-१ र २ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले रतुवामाई-८ का २६ बर्षीय सुजन मोते र ३१ बर्षीय शिव कुमार लामिछानेलाई २ ग्राम ७५ मिलिग्राम ब्राउन सुगर, उर्लबारी नगरपालिका-५ का ३० बर्षीय गणेश तामाङलाई ३ ग्राम २१ मिलिग्राम ब्राउन सुगर र उदयपुर चौदण्डीगढी-३ का २३ बर्षीय पुरन राई र रतुवामाई-६ का २१ बर्षीय संगम सुन्दासलाई TRAMADOL, VOMINE, PROMETH र LYCITON समेत गरी ८०० चक्की निषेधित औषधी सहित पक्राउ गरेको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय रानी (सिमा) को प्रहरी टोलीले बिराटनगर-१६ स्थितबाट धरान-१७ का ३९ बर्षीय राजकुमार श्रेष्टलाई निषेधित औषधी AVIL, DIAZEPAM, LUPIZSIC, PHENARAGAN समेत गरी १२ एम्पुल सहित नियन्त्रणमा लिएको छ ।
यसका साथै झापाको शिवसताक्षी नगरपालिका-२ का ३३ बर्षीय अर्जुन कुमार राई ४ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय झिलझिलेले र मोरङको सुन्दरहरैचा-५ का २१ बर्षीय श्याम कार्कीलाई १ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय लौकही सुनसरीले पक्राउ गरेको छ ।
लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।