काठमाडौं ।नेपाल राष्ट्र बैङ्कले दशैंमा नयाँ नोट खोज्नेलाई मध्यनजर गर्दै असोज १३ गतेदेखि असोज २२ गतेसम्म सुकिला नोट वितरण गरिने भएको छ।दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग, बैङ्किङ विभाग र प्रदेशस्थित कार्यालयबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ। प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ।
साथै बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ। ग्राहकले आफ्नो खाता रहेको बैङ्क वा पायक पर्ने नजिकको बैङ्क तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैङ्कमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागले जनाएको छ।हरेक वर्ष दशैंका लागि नयाँ नोट बाँड्दै आएको राष्ट्र बैङ्कले यसपालि सुकिला नोटले काम चलाउने लागेको हो। दशैंतिहारलक्षित नयाँ नोट सहटी गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो। खर्चको व्यवस्थापन गर्न राष्ट्र बैङ्कले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाए पनि अगाडि बढेको थिएन।
दशैं को मनोविज्ञान नयाँ नोटसँग जोडिएको हुँदा सर्वसाधारणलाई केही असजिलो लाग्ने भए पनि बिस्तारै सामान्य अवस्था आउने राष्ट्र बैङ्कको अपेक्षा रहेको छ। डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्ने यस्तो निर्णय गरे को राष्ट्र बैङ्कले जनाएको छ।
पुराना सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने तयारी गरिरहेको राष्ट्र बैङ्कले नयाँ नोट आवश्यक हुनेलाई बजारबाट फिर्ता आएकामध्येबाट सुकिला नोट दशैं मा दिने जनाएको हो। दशैं मा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई एक वर्षअघि बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैङ्कमार्फत सटही व्यवस्था मिलाइने बताइएको छ।ठुलो लागत लगाएर छापेका नयाँ नोट दशैं मा धेरै फोहोर हुने र त्यसको आयुसमेत घट्ने गरे को कुरालाई पनि मध्यनजर गर्दै दशैं मा नयाँभन्दा पनि सुकिला नोट दिने तयारी गरे को राष्ट्र बैङ्कले जनाएको छ। दशैंतिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैङ्कले यस पटक पनि सुविधा दिने छ।
यस पटक पनि प्रतिव्यक्ति १८ हजार पाँच सय कै हाराहारीमा नोट सहटी गरिने राष्ट्र बैङ्कले जनाएको छ। दशैंमा नयाँ नोट छापेर बजारमा पठाउने, तिनै नोट चाडपर्वमा प्रयोग गर्दा छिट्टै बिग्रने गरेको हुँदा यसलाई कम गर्न राष्ट्र बैङ्कले नयाँ नोट बन्द गर्न लागेको हो। सामान्यतया नोटको दर अनुसार तीनदेखि चार वर्ष नोटको आयु हुने राष्ट्र बैङ्कले जनाएको छ।राष्ट्र बैङ्कका अनुसार पाँच वर्षको औसत हेर्दा नयाँ नोट छपाइका लागि नै एक अर्ब ३० करोड रुपियाँ बर्सेनि खर्च हुँदै आएको छ