२०८१ पौष ६, शनिवार , ११:१२:४० बजे

Sajhamanch
'

सफ्ट्वेयर आवश्यकता सम्बन्धी सूचना

बुधवार, भदौ २६, २०८१

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

सफ्ट्वेयर आवश्यकता सम्बन्धी सूचना

प्रथमपटक प्रकाशित मितिः २०८१।५।२६

यस संस्थाको लागि कागजात प्रवाह र व्यवस्थापन सम्बन्धी सफ्ट्वेयर (Document Flow Management Software) आवश्यक भएको हुँदा यसप्रकारकोे सफ्ट्वेयर निर्माता तथा वितरक कम्पनीहरूबाट तपसिलका बुँदाका आधारमा रही इच्छा पत्र आह्वान गरिएको छ ।

क. संस्थाको जानकारी :

१. संस्थाको हाल झापा, मोरङ र इलाम जिल्ला कार्यक्षेत्र रहेको छ । संस्थाको बचत तथा ऋण व्यवसाय (५९ वटा सेवाकेन्द्र), डेरी उद्योग, सहकारी पसल व्यवसाय (१६ वटा सेवाकेन्द्र), कृषि फर्म (३ वटा) र चिया उद्योग (३ वटा उद्योग) रहेका छन् । प्रत्येक व्यवसायको आ–आफ्नो प्रधान कार्यालय रहेको छ । समग्र संस्था परिचालन गर्ने कर्पोरेट कार्यालय रहेको छ ।

२. संस्थामा एक लाख ६५ हजारभन्दा बढी सदस्य रहेका छन् ।

ख. अन्य बुँदाहरु :

१. सफ्टवेयर बिक्रेता कम्पनीले पहिलो चरणमा इच्छा पत्र (Letter of Interest) पेश गर्नुपर्नेछ ।

२. बिक्रेता कम्पनीले इच्छा पत्र पेस गर्दा कम्पनीको प्रोफाइल, कार्य अनुभव, सफ्ट्वेयरको विशेषता, क्लाइन्ट लिस्ट विवरण र आधिकारिक निकायबाट मान्यता प्राप्त भएमा सो समेतको प्रतिलिपि संलग्न राख्नुपर्नेछ ।

३. इच्छा पत्र पेश गर्दा बिक्रेता कम्पनीले आ.व. २०७९/८० को कर चुक्ता प्रमाण पत्र, व्यवसाय दर्ता तथा नवीकरण सम्बन्धी कागजातको प्रतिलिपि संलग्न राख्नुपर्नेछ ।

४. इच्छा पत्र संस्थाको बचत तथा ऋण व्यवसायको प्रधान कार्यालय, मेचीनगर–१३, चारआली, झापा वा इमेल ठेगाना : [email protected] मा पठाउन सकिनेछ ।

५. सफ्टवेयर बिक्रेता कम्पनीले संस्थासँग पहिलो चरणमा अन्तरक्रिया कार्यक्रम (भौतिक वा अनलाइन विधिबाट) मा सहभागी बन्नुपर्नेछ ।

६. प्राप्त इच्छा पत्रको आधारमा प्रारम्भिक चरणको अन्तरक्रिया कार्यक्रम आपसी समन्वयको आधारमा तय गरिनेछ ।

७. इच्छा पत्र पेस गर्ने अन्तिम मिति २०८१ असोज ३० गते बुुधबार कार्यालय समयसम्म रहेको छ ।

थप जानकारीका लागि–
९८५२६८९४५० (बचत तथा ऋण व्यवसाय प्रमुख)
९८५२६८९४२० (कर्पोरेट, लेखा तथा वित्त विभाग)
९८५२६८९५०५ (बचत तथा ऋण व्यवसाय, लेखा विभाग)

– बचत तथा ऋण प्रधान कार्यालय