२०८१ असोज ३, बिहिवार , ०४:४८:५७ बजे

Sajhamanch
'

सशस्त्रद्वारा मेचीनगरबाट साढे ८ लाखको कपडा बरामद

बुधवार, भदौ २६, २०८१

झापा । सशस्त्र प्रहरीले झापाको मेचीनगरबाट अन्दाजी साढे ८ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक दिवस न्यौपानेको टोलीले मेचीनगर नगरपालिका-६ तुर्केनी सीमा इलाकाबाट गएराति ११ बजेको समयमा ८ लाख ४६ हजार ८५० बराबरको अवैध कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी सुमन पोखरेलले जानकारी दिए ।

उनका अनुसार भारतबाट अवैध रुपमा भन्सार छलेर कपडा नेपाल भित्र्याउँदै गरेको विशेष सूचनाको आधारमा सशस्त्रको टोलीले टिनले छाएको कच्ची गोदाममा लुकाइछिपाई राखेको अवस्थामा उक्त कपडा बरामद गरेको हो ।

बरामद गरिएको कपडालाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय पठाउने तयारी भइरहेको डीएसपी पोखरेलको भनाई छ । सशस्त्रले चालु आर्थिक वर्षको साउनदेखि भदौ २५ गते सम्ममा २ करोड ४३ लाख ६६ हजार ४१ रुपैयाँ बराबरको अवैध समान बरामद गरिसकेको जनाएको छ ।

साउनमा १ करोड २९ लाख २६ हजार ४३ रुपैयाँ र भदौ २६ गते सम्ममा १ करोड १४ लाख ३९ हजार ९९८ रुपैयाँ बराबरको समान बरामद गरिएको डीएसपी पोखरेलले बताए । विशेष सूचनाको आधारमा र नियमित चेकजाँचको क्रममा सो मुल्य बराबरको सामान बरामद गरिएको उनले बताए ।

सम्बन्धित खबर