२०८१ मंसिर ९, आइतवार , ०१:२९:५३ बजे

Sajhamanch
'

दाउरा खरिद सम्बन्धी शिलबन्दी कोटेसन आह्वान

शुक्रवार, भदौ २१, २०८१

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०८१।५।२०

इलाम जिल्ला, अवस्थित संस्थाको एनएमसी चिया उद्योग, सूर्योदय–१, साघुँबेशी र माइजोगमाई–१, नयाँबजारमा हरियो चिया प्रशोधन कार्यका लागि तपसिलको अवस्था र परिमाणमा दाउरा खरिद गर्नुपर्ने भएको हुँदा इच्छुक फर्म एवम् बिक्रेताबाट सिलबन्दी कोटेसन आह्वान गरिन्छ ।

तपसिलः

१. दाउराको अवस्थाः           अधिकतम लम्बाई– ४ फुट, गोलाई–३ फुटको टुनाको साइज
२. परिमाण र स्थानः            ४ लाख केजी – एनएमसी चिया उद्योग, साघुँबेशी / ४ लाख केजी एनएमसी चिया उद्योग, माइजोगमाई
३. बिक्रेताले आफूले बिक्री गर्न चाहेको दाउरा सूर्योदय–१, साँघुवेशी चिया र माइजोगमाई १–नयाँबजारको उद्योगसम्म ढुवानी गर्नुपर्नेछ ।
४. फर्मको तर्फबाट कोटेसन पेस गर्दा फर्मसँग सम्बन्धित आवश्यक कागजात पेस गर्नु पर्नेछ ।
५. कोटेसन पेस गर्ने अन्तिम मिति २०८० भदौ ३० गते आइतवार कार्यालय समयसम्म तोकिएको छ ।
६. बिक्रेताले आफूले बेच्न चाहेको दाउरा स्थानीय निकाय, वन कार्यालय वा अन्य सरकारी निकायको कुनै स्वीकृति लिनुपर्ने भएमा सोको स्वीकृति लिएको प्रमाण कोटेसनमा संलग्न गर्नुपर्नेछ ।
७. कोटेसन पेस गर्दा दाउराको दर, ढुवानी खर्च, टुना बनाउनुपर्ने भए सोको खर्च अन्य ज्याला भए सोसहित सम्पूर्ण खुलाई एकमुष्ट प्रति केजीका दरले पेस गर्नु पर्नेछ ।
८. सिलबन्दी कोटेसन संस्थाको एनएमसी चिया उद्योग, सूर्योदय–१, साघुँवेशी र एनएमसी चिया उद्योग, माइजोगमाई–१, नयाँबजारमा पेस गर्नुपर्नेछ ।
९. उत्तिस, मलातो, शिरिस बाहेकका अन्य दाउरा स्वीकार गर्न सकिने छ ।
१०. कोटेसनमा सहभागी संस्थाले गत आ.व.को करचुक्ता, व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि र व्यवसायधनीको नागरिकताको प्रतिलिपि अनिवार्य संलग्न गर्नु पर्नेछ ।
११. खरिद गरिने दाउराको बिक्रेताले करबिजक जारी गर्नु पर्नेछ ।
१२. प्राप्त कोटेसनहरु माथि स्वीकृतिको अन्तिम अधिकार संस्थामा निहित रहने छ ।

थप जानकारीका लागि मोवाइल नं. ९८५२६८९५१३

– चिया व्यवसाय उपसमिति

शुक्रवार, भदौ २१, २०८१ | विज्ञापन

सम्बन्धित खबर