प्रथमपटक प्रकाशित मितिः २०८१/०५/१४
जिल्ला झापा अर्जुनधारा–९ बस्ने स्व. पूर्णमाया राई (सदस्य नं. २५०२६) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८१ साल जेठ २९ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला अर्जुनधारा–९ बस्ने निजका बुहारी प्रमिला राईले आफ्नो सासूआमाकोे नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८१ साल साउन २३ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउन हुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
— एनएमसी शनिश्चरे कार्यालय