२०८१ मंसिर ८, शनिवार , १०:४६:४३ बजे

Sajhamanch
'

‘खानेपानी र विद्युतको कर्मचारी हुँ’ भन्दै ठग्ने युवाको बिर्तामोडमा बिगबिगी

आइतवार, भदौ १६, २०८१

बिर्तामोड । झापाको बिर्तामोड आसपासमा आफूलाई ‘खानेपानी र विद्युतको कर्मचारी हुँ’ भन्दै रकम ठग्नेको बिगबिगी बढेको छ ।

अपरिचित ती युवाहरुले उपभोक्ताको घरमै गएर खानेपानी र बिजुलीको मिटर बिग्रिएको छ, फेर्नु पर्छ भन्दै रकम लिने गरेको ठगिनेहरुले झापा टुडेलाई बताएका छन् ।

बिर्तामोड-५ फूलबारीमार्गका ७१ वर्षीय गंगाप्रसाद सुवेदीका अनुसार काले वर्णको एकजना युवाले आफू खानेपानीको कर्मचारी रहेको र तपाईंको घरको मिटर बिग्रिएको हुँदा बनाउनुपर्ने भन्दै एक हजार १५० रुपैयाँ असुलेको बताए ।

त्यस्तै, बिर्तामोड खानेपानीकी कर्मचारी प्रमिसा धिमाल पनि ती युवाबाट ठगिएकी छन् । धिमाललाई ती युवाले आफू बिजुली अफिसको कर्मचारी रहेको र मिटर बिग्रिएकाले फेर्नको लागि चार हजार लाग्ने भन्दै रकम हत्याएका थिए ।

त्यस्तै, ती युवाबाट ठगिनेमा बिर्तामोड-४ भद्रपुररोडका किशोर थापा पनि रहेका छन् । थापालाई ती युवाले खानेपानीको मिटर फेर्नुपर्ने भन्दै दुई हजार १०० रुपैयाँ ठगेका थिए ।

ती युवाको बिर्ताबजार आसपास घर भएको र उनी राजवंशी थरको भएको जनाइएको छ । यसअघि जेल बसेर निस्किएका उनलाई काले नामले चिनिने बताइएको छ ।

सम्बन्धित खबर