२०८१ असोज ३, बिहिवार , ०५:१७:४१ बजे

Sajhamanch
'

गार्मेन्ट सञ्चालक दम्पतीले आफ्नो जन्मदिनमा वडालाई दिए ७० सेट नवजात शिशुका न्यानो कपडा

आइतवार, भदौ १६, २०८१

शिवसताक्षी । झापाको कनकाई निवासी एक दम्पत्तीले आफ्नो जन्म दिन शिवसताक्षीका नवजात शिशुका लागि न्यानो कपडा वितरण गरेर मनाएका छन् ।

शिवसताक्षी वडा नं. ४ रङ्याथान बजारमा आयोजित तीज मिलन कार्यक्रममा ती दम्पत्तीले ५० हजार रुपैयाँ बराबरको न्यानो कपडाका वडाध्यक्ष विष्णुप्रसाद प्रसाईलाई हस्तान्तरण गरेका हुन् ।

कनकाई गार्मेन्ट सुरुगाका सञ्चालक भरत शिवाकोटी र उनकी श्रीमती मेनुका शिवाकोटी घिमिरेको जन्म दिन फजुल खर्चलाई निरुसाहित गर्दै मनाएको बताएका छन् । उनीहरुले आफ्नो उद्योगबाट उत्पादित नवजात शिशुको लागि न्यानो कपडाको ७० सेट शिवसताक्षी नगरपालिका वडा न ४ का नवजात शिशुका लागि वितरण गरेका हुन् ।

शिवाकोटी दम्पत्तीले वितरण गरेको न्यानो कपडाको सेट स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य किताबमा निर्धारित गुणस्तरको रहेको जानकारी दिए । जसमा भोटो, दौरा, काने टोपी, म्याट गरेर एक प्याकेटमा २ सेट (८ ओटा कपडा) रहेका छन् ।

वडालाई दिएको न्यानो कपडा वडाले विपन्न सुत्केरी महिला पहिचान गरी वितरण गर्ने वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले बताए । शिवाकोटीले उक्त कपडा नगरप्रमुख मेगाहाङ्ग थोप्रा र वडाध्यक्ष प्रसाईलाई हस्तान्तरण गरेका थिए ।

सम्बन्धित खबर