२०८१ मंसिर १५, शनिवार , १२:१०:१४ बजे

Sajhamanch
'

झापामा डेंगुका तीनजना नयाँ संक्रमित थपिए

शुक्रवार, भदौ १४, २०८१

झापा । झापामा डेंगुका तीनजना नयाँ संक्रमित थपिएका छन् । बाह्रदशीमा दुई र बिर्तामोडमा एकजना गरी तीनजनामा डेंगु पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

साउन १ देखि भदौ १३ सम्म विरामी भएर अस्पताल भर्ना भएका १०८ जनाको रगत परीक्षण गर्दा तीनजनामा डेंगु पोजिटिभ पाइएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन युवनाथ बरालले जानकारी दिए ।

यस आर्थिक वर्षमा डेंगु संक्रमणबाट झापामा एकजनाको मृत्यु भइसकेको छ । गत साउन २५ गते हल्दिबारी ४ की ४० वर्षीया अनिता पौडेलको डेंगु संक्रमणबाट मृत्यु भएको हो ।

सम्बन्धित खबर