शिवसताक्षी । राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी नगर कमिटीले निःशुल्क दन्त शिविर सञ्चालन गरेको छ ।
आज सोमबार शिवसताक्षीको शिवगञ्जमा सञ्चालन गरिएको शिविरमा १०६ जनाले दन्त परीक्षण गराएका हुन् । युवा संघले ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गरी दन्त शिविर सञ्चालन गरेको हो ।
नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा झापा जिल्ला इन्चार्ज रोमनाथ ओलीले शिविरको उद्घाटन गरेका थिए । उद्घाटनका क्रममा ओलीले आफ्नो दाँतसमेत परीक्षण गराए ।
दन्त शिविरमा ऊँ शान्ति डेण्डल हस्पिटलका डा. स्मारक दाहालको टोलीले सहजीकरण गरेको थियो ।