भद्रपुर । खेमराज दाहालको दोस्रो कृति ‘भद्रपुरको प्रतिबिम्ब’ विमोचन गरिएको छ ।
तथ्याङ्कमा भद्रपुर नगरपालिका, झापा जिल्ला र देशभित्रका महत्वपूर्ण क्षेत्र समेटेर तयार भएको पुस्तकको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले आज विमोचन गरेका हुन् ।
डाइनामिक ग्रुपका अध्यक्ष अर्जुन खरेलको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख पोखरेलको प्रमुख आतिथ्यमा आयोजित विमोचन कार्यक्रमको सञ्चालन लेखक पत्नी खगिन्दा खुसीले गरेकी थिइन् ।
आज विमोचित पुस्तकको समीक्षा हल्दिबारी गाउँपालिकाका अधिकृत तथा डाइनामिक ग्राुपका सल्लाहकार राजन न्यौपानेले गरेका थिए ।