२०८१ मंसिर ५, बुधवार , ०१:१२:५८ बजे

Sajhamanch
'

प्रधानमन्त्री ओलीद्वारा कृष्ण जन्माष्टमी तथा गौरा पर्वको अवसरमा शुभकामना व्यक्त

सोमवार, भदौ १०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृष्ण जन्माष्टमी तथा गौरा पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले प्रेम र सौन्दर्यका प्रतीक श्रीकृष्ण प्रति नमन गर्दै कृष्णले प्राचीन मानव सभ्यतामा पशुपालन युग थालनी गरेको वक्तब्यमा उल्लेख गरेका छन् । गौरा पर्व मनाउन आज दिउँसो टुँडिखेलमा आउने जानकारी गराउँदै प्रधानमन्त्री ओलीले गौरापर्वको शुभकामना पनि व्यक्त गरेका छन् ।

‘सामाजिक सञ्जालमा स्ट्याटस अपलोड गरेर प्रधानमन्त्री ओलीले भनेका छने– ‘आज कृष्ण जन्माष्टमी, अनि सुदूरपश्चिममा मनाइने गौरा पर्व, भाद्र कृष्णपक्षको अष्टमी तिथिको रात आमा देवकीबाट श्रीकृष्णको जन्म जेलमा भएको शास्त्रमा उल्लेख छ । प्राचीन मानव सभ्यतामा पशुपालन युगको थालनी श्रीकृष्णले गरेको मानिन्छ । प्रेम र सौन्दर्यका प्रतीक श्रीकृष्णमा नमन । सबैलाई कृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना । आज दिउँसो टुँडिखेलमा गौरा पर्वको कार्यक्रममा सहभागी हुनेछु ।’

सम्बन्धित खबर