२०८२ कार्तिक १९, मङ्गलवार , ०४:१०:१० बजे

Sajhamanch
'

टिकटक माथिको प्रतिबन्ध हट्यो

बिहिवार, भदौ ६, २०८१

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

टिकटकलगायत सामाजिक सञ्जाल प्रयोग सम्बन्धी आवश्यक नीतिहरु निर्माण गरी तीन महिनाभित्र कार्यान्वयनमा ल्याउने नीतिगत निर्णय पछि सरकारले टिकटकको प्रतिबन्ध खुल्ला गरेको एकजना मन्त्रीले जानकारी दिएका छन् । मन्त्रिपरिषदका निर्णयहरु सम्बन्धी बिस्तृत जानकारी सरकारका प्रवक्ताले शुक्रबार दिने भएकाले ती मन्त्रीले थप बोल्न चाहेनन् ।

यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

सम्बन्धित खबर

देशभर चलचित्र ‘परान’ प्रदर्शनमा
शुक्रवार, कार्तिक १५, २०८२
भद्रपुरमा गंगा आरतीसहितको छठपूजा
सोमवार, कार्तिक ११, २०८२
नदी किनारमा छठ पूजाको तयारी तीव्र
आइतवार, कार्तिक १०, २०८२