२०८१ असोज ४, शुक्रवार , ०७:३२:४५ बजे

Sajhamanch
'

ब्राउन सुगरसहित एक जना पक्राउ

बुधवार, भदौ ५, २०८१

काठमाडौं । प्रहरीले सुनसरीबाट ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–६ शिवगन्जका ३२ वर्षीय विष्णु मेहता रहेको प्रहरीले जनाएको छ।

गोप्य सूचनाको आधारमा शरीर खानतलासी गर्दा उनको पाइन्टको खल्तीबाट खैरो हिराइन बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीका अनुसार मेहताको साथबाट ३३.२२ मिलिग्राम खैरो हिराइन बरामद भएको हो। पक्राउ परेका उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बुधवार, भदौ ५, २०८१ | अपराध, समाज

सम्बन्धित खबर