२०८१ असोज ३, बिहिवार , १०:४०:५७ बजे

Sajhamanch
'

क्यानडा पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ

शुक्रवार, साउन ३२, २०८१

काठमाडौं । वैदेशिक रोजगारीमा क्यानडा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर–६ घर भएका ३५ वर्षीय सुमन ज्ञवाली छन् ।

आरोपीले ६ जना पीडितहरूबाट २७ लाख ठगी गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।

रकम लिएपछि उनी सम्पर्कविहीन भएका थिए । उनलाई थप अनुसन्धान र कारबाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ । ज्ञवाली काठमाडौँ महानगरपालिका–२६ स्थित नयाँ बसपार्कमा बस्दै आएका छन् ।

शुक्रवार, साउन ३२, २०८१ | अपराध, समाज

सम्बन्धित खबर