काठमाडौं । पर्सामा ४८९ किलो लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पटेर्वा सुगौली गाउँपालिका–४ अकवा गाँउको बाँसघारीमा लुकिरहेको अवस्थामा कालिकामाई गाउँपालिका–१ बस्ने ४० वर्षका फुलसरिफ मियाँ गएराति पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उनको साथबाट ३० किलो गाँजा तथा १९२ किलो चरेस र गाँजाको धुलो (पोलान्ड) २६७ किलो बरामद गरेको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता दीपक भारतीले जानकारी दिए। पक्राउ परेका मियाँविरुद्ध लागूऔषध कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।