२०८१ मंसिर १५, शनिवार , ०७:२७:५५ बजे

Sajhamanch
'

बंगलादेशमा आन्दोलनका बेला रानीगञ्ज नाका खोल्नु शंकास्पद

शुक्रवार, साउन ३२, २०८१

मेचीनगर । वर्षौंसम्म नाका बन्द गरेर बंगलादेशको आन्दोलनकै बेला भारतले काँकरभिट्टासँग जोडिएको पानीट्यांकीस्थित रानीगञ्ज नाका खोलिदिएपछि सुरक्षा चुनौती बढेको छ ।

बंगलादेशमा आन्दोलन चर्किंदा त्यहाँका नागरिकहरु भारत हुँदै नेपाल प्रवेश गर्नसक्ने खतरा बढेको सुरक्षा अधिकारीहरुको भनाइ छ । बंगलादेशीहरु नेपाल प्रवेश गरेको खण्डमा अर्को ठुलो समस्या आइपर्ने देखेर यतिबेला पूर्वी नाकामा सुरक्षा जाँचमा कडाई गरिएको छ ।

भारतले पानीट्यांकी नाका खोलिदिएपछि सुरक्षा चुनौती थपिएको स्वीकार गर्दै प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले पूर्वी नाकामा सुरक्षा व्यवस्था कडा पारिएको बताए ।

यसअघि नेपालका उद्योगी व्यवसायीहरुले पटकपटक नाका खोल्न आग्रह गर्दासमेत भारतले सुनुवाई नगर्नु र बंगलादेशको आन्दोलनकै बेला नाका खोलिदिनु शंकास्पद रहेको छ । बास्तोलाले बंगलादेशसँग नजिक भएको पूर्वी नाका मात्र नभएर सबै नाका भारतले खोलेको जानकारी दिए ।

अहिलेसम्म पूर्वी नाकाबाट कुनै पनि बंगलादेशीले नेपाल प्रवेश गर्ने प्रयास नगरेको बास्तोलाले बताए । तर, मोरङको जोगबनी नाकाबाट नेपाल प्रवेश गर्न खोज्ने बंगलादेशीलाई फिर्ता पठाइएको छ ।

भारतीय र बंगलादेशीलाई छुट्याउन गाह्रो भएको र उनीहरु अध्यागमन कार्यालयमा नजाने भएकाले नेपाल प्रवेशमा रोक्न समस्या देखिएको हो ।

कोरोना महामारी समाप्तिपछि मुलुकका अरु सबै नाकाबाट पर्यटक आवागमन खुला गरिए पनि पूर्वी नाकामा भारतीय पक्षबाट अवरोध रहँदै आएको थियो । साउन १७ गते भारतले पूर्वी नाकासँग जोडिएको रानीगञ्ज खुला गरेको हो ।

शुक्रवार, साउन ३२, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर