
काठमाडौं । सुनको भाउ आज घटबढ भएको छैन । हिजो सुन तोलामा ३०० रुपैयाँले घटेर तोलाको १ लाख ५० हजार ५०० रुपैयाँ कायम भएको थियो । आज पनि सुन त्यही भाउमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि अस्ति मङ्गलवार एकैदिन २ हजार १०० रुपैयाँले बढेर सुन अहिलेसम्मकै उच्च तोलाको १ लाख ५० हजार ८०० रुपैयाँ पुगेको थियो ।
आज चाँदीको भाउ भने बढेको छ । चाँदीको पाँच रुपैयाँले बढेर तोलाको १ हजार ७४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।