काठमाडौं । वैदेशिक रोजगारीमा बेलायत पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको फिक्कल घर भएर काठमाडौँ बस्ने ३३ वर्षीय रवि क्षेत्री छन् ।
आरोपीले आकर्षक तलब आउने जागिरमा बेलायत लैजाने भन्दै पीडितसँग ५ लाख २० हजार ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए ।
उनलाई कानुनी कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।