२०८१ मंसिर ९, आइतवार , ०३:५१:४३ बजे

Sajhamanch
'

एनएमसी भद्रपुर कार्यालयको हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

सोमवार, साउन २८, २०८१

प्रथमपटक प्रकाशित मितिः २०८१/०४/२७

जिल्ला झापा भद्रपुर–७ बस्ने स्व. सन्जीया सदा (सदस्य नं. ७०४४६) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८१ साल जेठ १९ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला भद्रपुर–७ बस्ने निजकी बहिनी दिलकुमारी सदाले आफ्नो दिदीको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८१ साल असार ९ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउन हुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

– एनएमसी भद्रपुर कार्यालय

सम्बन्धित खबर