झापा । मोरङ र सुनसरीबाट लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो राति सुनसरीको रामधुनी नगरपालिका–३ स्थितमा इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ज २ प ५५९५ नम्बरको मोटरसाईकल चालक रामधुनी ७ का ३० वर्षीय थोमन नेपालीलाई निषेधित औषधि ट्रामानिल २८४० क्यापसुल, स्पास्मो १२० क्यापसुल सहित पक्राउ गरेको छ ।
त्यसैगरी, मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरी शनिश्चरे–३ का ३८ वर्षीय निगु दोर्जे तामाङलाई २५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भइरहेको छ ।