२०८१ मंसिर १५, शनिवार , ११:५१:०२ बजे

Sajhamanch
'

दमक बजारका भित्री सडक बनिनसक्दै भत्किए, नगरपालिकाद्वारा ध्यानाकर्षण

आइतवार, साउन २७, २०८१

बिर्तामोड । निर्माणको काम सम्पन्न नहुँदै भत्किन थालेपछि झापाको दमक नगरपालिकाले खानेपानी तथा ढल व्यवस्थापन विभागको ध्यानकर्षण गराएको छ ।

दमकका बजार क्षेत्रभित्रका विभिन्न स्थानहरुमा भूमिगत ढल निकास तथा सडक कालोपत्रे आयोजना सञ्चालनको क्रममा लापरबाही भएको दमक नगरपालिकाले जनाएको छ ।

विभाग र निर्माण व्यवसायी एससी स्वामीनारायण आशीर्वाद जेभीले निर्माण सम्झौता अवधि सकिएको लामो समय बित्दा पनि काम पूरा गरेको छैन । सो कारणले यातायातसहित दैनिक जनजीवनमा समेत प्रत्यक्ष असर पुगेको भन्दै नगरपालिकाले ध्यानाकर्षण गराएको हो ।

कैयौँ पटक सम्बन्धित निर्माण व्यवसायीलाई पत्राचार गरिएको र विभागमा तथा मन्त्रालयमा समेत यसको बोधार्थ गराइएको प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले बताए ।

दमक-६ हनुमान मन्दिरअगाडि उक्त आयोजनाअन्तर्गत गरिएको कालोपत्रे बाटोमै ठुलो भ्वाङ परेको, दमक-१ स्थित डि टाउन होटल अगाडिको बाटोमा खाल्डाखुल्डी परिसकेको पनि उल्लेख छ ।

नागरिकहरुको धेरै चाप रहने दमक-६ स्थित सब्जीबजार, व्यापारिक तथा यातायातका दृष्टिकोणले अति महत्वपूर्ण दमक-७ स्थित पशुहाटदेखि उत्तरको सडक तथा दमक-८ का विभिन्न सडकहरु साविकमा कालोपत्रे भएको सडक खनेर पुनः कालोपत्रे नगर्दा बर्खामा पानी जम्ने समस्या रहेको ध्यानकर्षणमा उल्लेख छ ।

सम्बन्धित खबर