२०८१ कार्तिक ३०, शुक्रवार , ०२:०२:४८ बजे

Sajhamanch
'

झापाको मेचीनगरबाट करिब २ लाखको अवैध सामान बरामद

बुधवार, साउन १६, २०८१

झापा । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरी करिब २ लाखको अवैध सामान बरामद गरेको छ ।

मंगलबार इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ भन्सार छलेर लादै गरेको र भारतबाट नेपालतर्फ ल्याउदै गरेको करिब १ लाख ८९ हजार ४५० बराबरको अवैध सामानहरु नियन्त्रणमा लिएको हो ।

सो टोलीले मेचीनगर–६ जेसिकाठ्याक हुँदै नेपालबाट भारततर्फ लादैं गरेको लाइटर १० काटुन, सोही स्थाको हनुमान मन्दिर स्थित हुँदै भारतबाट नेपालतर्फ ल्याउँदै गरेको विभिन्न किसिमका किराना सामान, भन्सार गेट हुँदै भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३५ केजी चिनी, ६ केजी सुपारी, १० केजी मटर र भन्सार गेट अगाडी हुँदै भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्प्राइट, चिनी, सलाई, चक्लेट, रसगुल्ला, चनामटर, पास्ता, नरिवल, थुक्पा, सुप, बच्चाको जामा, लेडिज सर्ट, कुर्था सुरवाल, जेन्स हापपेन्ट, बच्चाको हापपेन्ट, सुइटर, कट्टु र भेष्ट लगायतका अवैध सामानहरु नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको सामानलाई आवस्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खबर