२०८१ फागुन १४, बुधवार , ०२:०८:०० बजे

Sajhamanch
'

ट्रयाक्टर दुर्घटनामा ताप्लेजुङको मौवाखोलामा एक जनाको मृत्यु

बिहिवार, साउन ३, २०८१

मौवाखोला (ताप्लेजुङ) । मैवाखोला गाउँपालिका वडा नं. २ ढुङ्गेसाँघुका ३५ वर्षीय भीमकुमार तामाङको ट्याक्टर दुर्घटनामा मृत्यु भएको छ । हिजो बुधबार प्र १–०२–००३ त ९६० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा भीमकुमार गम्भीर घाइते भएका थिए।

जिल्ला अस्पताल ताप्लेजुङमा घाइतेको उपचार सम्भव नभएपछि थप उपचारका लागि जिल्ला बाहिर लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी, प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिएका छन्।

ट्याक्टरका चालक सोही स्थानका सनबहादुर तामाङ भने सकुशल छन्। उनलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ। भीमकुमारको शव अहिले जिल्ला अस्पतालको शवगृहमा राखिएको छ।

सम्बन्धित खबर