२०८१ कार्तिक ३, शनिवार , ०७:५५:३९ बजे

Sajhamanch
'

परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूको भेट

बुधवार, साउन २, २०८१

काठमाडौं। चिनियाँ राजदूत छन सोङले नवनियुक्त परराष्ट्रमन्त्री आरजू राणा देउवासँग भेट गरेका छन् ।

बुधबार सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर मन्त्री राणालाई बधाईसहित राजदूत सोङले भेट गरेका हुन् ।

भेटमा दुई मुलुकबीचको बहुआयामिक सम्बन्धको विषय तथा सहकार्यको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चिनियाँ राजदूत छनले भने उक्त भेटमा अर्को वर्ष चीन र नेपाल बीचको कूटनीतिक सम्बन्ध ७० वर्ष पुगेको अवसरलाई मनाउने विषयमा पनि छलफल भएको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

सम्बन्धित खबर