२०८१ कार्तिक ४, आइतवार , १०:०३:५२ बजे

Sajhamanch
'

नापी कार्यालय लगनखेलका कर्मचारी घुससहित पक्राउ

शुक्रवार, असार २८, २०८१

काठमाडौं । नापी कार्यालय लगनखेल, ललितपुरका सर्वेक्षक संजिवकुमार यादव र आरबी लेखापढी सेन्टरका सञ्चालक रामबाबु भुजेल ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

जग्गा हालसाविक गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई घुस लिइसकेको अवस्थामा ललितपुर महानगरपालिका–१२ हनुमानस्थानमा रहेको आरबी सेन्टरबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

सम्बन्धित खबर