२०८१ कार्तिक ५, सोमवार , ०९:१८:५२ बजे

Sajhamanch
'

सुनको भाउ तोलामा ९०० रुपैयाँले घट्यो

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । मंगलबार सुनको भाउ ९०० रुपैयाँले घटेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ४५ हजार रुपैयाँ रहेको सुन मंगलबार प्रतितोला १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार ४०० रुपैयाँ पुगेको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८९० रुपैयाँ रहेको चाँदी आज १८८५ रुपैयाँमा कारोबार भएको छ ।

मङ्गलवार, असार २५, २०८१ | अर्थतन्त्र, समाज