२०८१ कार्तिक ८, बिहिवार , ०४:३०:०४ बजे

Sajhamanch
'

सहकारी छानबिन समितिले बोलायो गृहसचिव र आईजीपीलाई छलफलमा

बिहिवार, असार २०, २०८१

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिले गृह मन्त्रालयका सचिव र प्रहरी महानिरीक्षक (आईजीपी) लाई छलफलमा बोलाएको छ ।

देशभरको संकटग्रस्त सहकारीका विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाले त्यसको जानकारी लिन गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई सूचनाहरूको जानकारी लिन छलफलमा बोलाइएको नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले बताए ।

समितिले महालेखापरीक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका कमलप्रसाद भट्टराई, सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेसँग छलफल गरेको थियो ।

आजको बैठकमा नियमनको स्थिति र प्रभावकारी निकायको आवश्यकता लगायतका विषयमा गम्भीर छलफल भएको संयोजक सूर्य थापाले जानकारी दिए ।

साथै, समितिले माग गरेका कागजातहरू छिटो उपलब्ध हुनेगरी संयोजन गर्न सहकारी विभागको नेतृत्वलाई ध्यानाकर्षण गरिएको उनले बताए ।

‘भोलिको बैठकमा सीआईबी प्रमुख, अपराध अनुसन्धान विभाग प्रमुख, नेपाल प्रहरीको नेतृत्व र गृह मन्त्रालयको प्रशासनिक नेतृत्वसँग जानकारी लिने कार्यसूची छ’, थापाले भने ।

सम्बन्धित खबर