२०८१ कार्तिक ६, मङ्गलवार , १०:०७:१६ बजे

Sajhamanch
'

सुनको मूल्य तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँ पुग्यो

बिहिवार, असार २०, २०८१

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य बढेर तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँ पुगेको हो ।

महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ थियो । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँ बढेको हो। यसैगरी तेजाबी सुन तोलामा १ लाख ४३ हजार ६०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।

बिहिवार, असार २०, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर