काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा एक हजार रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन एक हजार रुपैयाँले बढ्दै १ लाख ४१ हजार ८०० रुपैयाँ पुगेको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढ्दै १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।