प्रथमपटक प्रकाशित मिति : २०८१/०३/११
जिल्ला झापा कचनकवल–६ बस्ने स्व.सबर्तलाल राजवंशी (सदस्य नं.८७८४४) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८१ साल जेठ १० गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला कचनकवल–६ बस्ने निजकी श्रीमती बुढोसरी राजवंशीले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८१ साल जेठ ३१ गते निवेदन दिई हकदावी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदावी भए सप्रमाण म्यादभित्र उपस्थित भई दावी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानून बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
एनएमसी बनियानी कार्यालय