२०८१ पौष २८, आइतवार , ०९:०१:०० बजे

Sajhamanch
'

सुनको भाउ तोलामा ३०० रुपैयाँले बढ्यो

सोमवार, असार १०, २०८१

काठमाडौं । सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ तोलामा १ लाख ४२ हजार ३ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ४२ हजार रुपैयाँमा सुन कारोबार भएको थियो । सुनको भाउ जेठ २५ गते हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८२० रुपैयाँ कायम भएको छ ।

सोमवार, असार १०, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर