२०८२ साउन १८, आइतवार , ०३:५२:०८ बजे

Sajhamanch
'

४ दिनदेखि बेपत्ता व्यक्ति मृत भेटिए

मङ्गलवार, असार ४, २०८१

गुल्मी । गुल्मीमा एक जना व्यक्ति मृत फेला परेका छन् ।इस्मा गाउँपालिका-१ निवासी ६२ वर्षका ठगबहादुर राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।घरबाट जेठ ३२ गते खेतमा जान्छु भनेर हिंडेका राना मुसिकोट नगरपालिका-२ टारीडाँडास्थित खेतमा ४ दिनपछि मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सूर्यभान चौधरीको कमान्ड प्रहरी टोली खटिएको छ ।

सम्बन्धित खबर