![](https://sajhamanch.com/wp-content/uploads/2024/05/gold-2.jpg)
काठमाडौं । सुनको भाउ आज तोलामा ४०० रुपैयाँले घटेको छ । हिजो स्थिर रहेको सुनको भाउ आज ४०० रुपैयाँले घटेर तोलाको एक लाख ४१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४१ हजार ६०० रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।