![](https://sajhamanch.com/wp-content/uploads/2024/06/fire.webp)
मेचीनगर । झापा मेचीनगर नगरपालिकामा सोमबार राति एक घरमा आगलागी हुँदा दुई लाख रुपैयाँबराबरको क्षति भएको छ ।
मेचीनगर–१४ प्रणामीनगर टोलका उजेन बिर्जाको घरमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको थियो । उक्त समयमा घरका मानिस आफन्तकोमा पाहुना गएको प्रहरीले बताएको छ ।
आगलागीको खबर प्रहरी चौकी चारआलीबाट प्रहरी टोली, स्थानीयबासी, मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।
आगलागीबाट घरभित्र रहेको लत्ता कपडा, भाडा बर्तन, फर्निचरका विभिन्न सामानहरु र घर आशिंक रुपमा जल्दा करिब दुई लाख रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।