२०८१ मंसिर ९, आइतवार , ०६:१८:४१ बजे

Sajhamanch
'

एमाले भद्रपुरको अध्यक्षमा निर्माण नेपाल सर्वसम्मत निर्वाचित

मङ्गलवार, जेठ २२, २०८१

भद्रपुर । नेकपा एमाले भद्रपुर नगर कमिटीको दोस्रो अधिवेशनले निर्माण नेपालको अध्यक्षतामा ८३ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित गरेको छ ।

सोमवार सो अधिवेशनको अध्यक्ष मण्डलद्वारा आयोजित घोषणासभा, पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रममा पार्टीको नयाँ कमिटी घोषणा गरिएको हो ।

नगर कमिटीको उपाध्यक्षमा भीम केरुङ सुब्बा, सचिवमा डिल्लीराम पोखरेल, उप–सचिवमा चन्द्र तामाङ र महिला उप–सचिवमा गोमा घिमिरे सर्वसम्मत निर्वाचित भएका निर्वाचन समितिका संयोजक अशारु राजवंशीले जानकारी दिए ।

उनले खडानन्द सुरागाई अध्यक्ष, ज्ञानमणि पोखरेल उपाध्यक्षसहित ७ सदस्यीय लेखा कमिटीको नामावली पनि घोषणा गरेका थिए ।

निर्वाचित नयाँ कमिटीलाई कार्यक्रमका प्रमुख अतिथि एमाले पोलिटब्यूरो सदस्य तथा झापा इञ्चार्ज विशाल भट्टराई, पार्टीका कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा क्षेत्रीय इञ्चार्ज बसन्त बानियाँ, जिल्ला अध्यक्ष प्रेम गिरी, उपाध्यक्ष शिव ढुङ्गेल, एमाले नेता शिवकुमार राजभण्डारीले शुभकामना दिएका थिए ।

निर्वाचित कमिटीलाई एमाले जिल्ला उप–सचिव तथा निर्वाचन कमिटीका संयोजक अशारु राजवंशीले शपथ गराएका थिए ।

अध्यक्ष मण्डलका अध्यक्ष माधव विद्रोहीको अध्यक्षतामा भएको कार्यक्रममा शाब्दिक स्वागत पार्टी जिल्ला कमिटी सदस्य पुरुषोत्तम अधिकारी र सञ्चालन अध्यक्ष मण्डलका सदस्य तथा पार्टी जिल्ला कमिटी सदस्य कालिचरण बस्नेतले गरेका थिए ।

सम्बन्धित खबर