२०८१ माघ २९, मङ्गलवार , ११:५३:५८ बजे

Sajhamanch
'

सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घट्यो

सोमवार, जेठ २१, २०८१

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासङ्घले अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको जानकारी गराएको हो ।

आइतबार छापावाल सुनको मूल्य १ लाख ४२ हजार रुपैयाँ रहेकामा सोमबार घटेर १ लाख ४१ हजार रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार ३०० रुपैयाँ कायम हुँदा सोमबार चाँदीको मूल्य तोलामा १ हजार ८३५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

सोमवार, जेठ २१, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर