२०८१ मंसिर १२, बुधवार , ०५:०४:५४ बजे

Sajhamanch
'

‘व्यवसायी राहत कोष’ मा निरौलाले गरे ११ हजार सहयोग

आइतवार, जेठ २०, २०८१

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघद्वारा स्थापित ‘व्यवसायी राहत कोष’ का लागि रकम संकलन शुरु भएको छ ।

संघका कोषाध्यक्ष युवराज निरौलाले आफ्नो जन्म दिनको अवसर पारेर कोषमा ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन् । बिर्तामोडका व्यवसायीलाई विपद पर्दा सहयोग गर्ने उद्देश्यले संघले एक करोड रुपैयाँको उक्त कोष स्थापना गरेको हो ।

आफैंबाट रकम जम्मा गरेर कोष सञ्चालनको सुरुवात गरिएको कोषाध्यक्ष निरौलाले बताए । व्यवसायीको हितका लागि बिर्तामोड उद्योग वाणिज्य संघले एक वर्षभित्र कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने लक्ष्य लिएको संघका अध्यक्ष राजु न्यौपानेले बताए ।

सम्बन्धित खबर