प्रथमपटक प्रकाशित मितिः २०८१/०२/१६
जिल्ला झापा अर्जुनधारा–७ बस्ने श्री जानुकादेवी गौतम (सदस्य नं. १९८५७)का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८१ साल बैशाख १७ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला अर्जुनधारा–७ बस्ने निजका श्रीमान भिमबहादुर गौतमले आफ्नो श्रीमतीको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाउँ भनी यस कार्यालयमा मिति २०८१ साल जेठ ६ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
एनएमसी शनिश्चरे कार्यालय