२०८१ माघ ३०, बुधवार , ०३:५१:४४ बजे

Sajhamanch
'

दमकमा करेन्ट लागेर एक जनाको मृत्यु

शुक्रवार, जेठ १८, २०८१

झापा । झापाको दमकमा करेन्ट लागेर विहीवार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका–२ निवासी ६२ वर्षीय खगेन्द्र राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । आफ्नै दुई तले घरको माथिल्लो तलामा टिनको ट्रस लगाउने क्रममा बिजुलीको पोलको तारमा टिनले छुँदा राईलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि दमक अस्पताल पु¥याइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणको लापरवाहीले राईको मृत्यु भएको भन्दै आफन्तहरुले प्राधिकरणको दमक वितरण केन्द्रमा दबाब दिएका थिए । उनीहरुले मृतक परिवारले राहत पाउनुपर्ने माग गरेका थिए । दमक नगरपालिका प्रमुख रामकुमार थापा, दमक नगरपालिका वडा नम्बर –२ का वडा अध्यक्ष प्रजापति सापकोटा, दमक बिद्युत कार्यालयका प्रतिनिधि, मृतक पक्षका आफन्तसमेत बसेर भएको छलफलमा तीनबुँदे सहमति भएको छ ।

नगरपालिकाले किरिया खर्चवापत ५० हजार दिने, बिद्युत कार्यालयले तत्काल ३० हजार दिने र उपल्लो बिद्युत कार्यालयसंग धेरैभन्दा धेरै क्षतिपूर्ति उपलव्ध गराउनको लागि स्थानीय निकाय, विद्युत प्राधिकरणले संयुक्त रुपमा माग गर्ने सहमति भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

शुक्रवार, जेठ १८, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर