२०८१ फागुन १, बिहिवार , ०७:०१:५२ बजे

Sajhamanch
'

गृहमन्त्री र महान्यायाधिवक्ता विरुद्धको रिट सर्वोच्चमा दर्ता हुने

बिहिवार, जेठ १०, २०८१

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा। दिनमणि पोखरेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ता विरुद्ध अधिवक्ता अनुपम भट्टराईले पेस गरेको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने अर्थात दरपीठ आदेश खारेज गरेको हो ।

यो आदेशपछि अधिवक्ता भट्टराईले सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन आउँदो आइतवार दर्ता हुने भएको छ । अधिवक्ता भट्टराईले महान्यायाधिवक्ता कार्यालयबाट गृहमन्त्री रवि लामिछानेको नाममा जारी भएको पत्रको वैधतामाथि प्रश्न उठाई सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्नुभएको थियो ।

महान्यायाधिवक्ता कार्यालयले वैशाख २४ गते गृहमन्त्री लामिछानेको सहकारी ठगी सम्बन्धमा कुनै पनि कार्यालयमा अनुसन्धान, अभियोजन र अनुसन्धान नभएको भनी पत्र दिएको थियो । यो पत्रपछि महान्यायाधिवक्ता कार्यालयको आलोचना हुँदै आएको छ ।

सम्बन्धित खबर