२०८१ माघ ३०, बुधवार , ०९:४०:४५ बजे

Sajhamanch
'

दक्षिण अफ्रिकासँगको टी–२० शृङ्खलामा वेस्ट इन्डिजको कप्तानी ब्रान्डन किङले गर्ने

सोमवार, जेठ ७, २०८१

काठमाडौं । दक्षिण अफ्रिकासँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि ब्रान्डन किङ वेस्ट इन्डिजको अन्तरिम कप्तान नियुक्त भएका छन् ।

नियमित कप्तान रोभम्यान पावेल उपलब्ध नभएपछि ब्रान्डन किङले दक्षिण अफ्रिकासँगको घरेलु शृङ्खलामा वेस्ट इन्डिजको कप्तानी गर्ने भएका हुन् । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेट चलिरहँदा पावेलसहित वेस्ट इन्डिजका अन्य खेलाडी भारतमै छन् । रोभम्यान पावेल आईपीएल २०२४ मा राजस्थान रोयल्सबाट खेलिरहेका छन् ।

तीन खेलको टी–२० शृङ्खला आउँदो बिहीवारदेखि शुरु हुँदैछ । यस्तै दोस्रो खेल शनिवार र तेस्रो खेल आइतवार हुनेछ । तीन वटै खेल जमैकाको सबिना पार्कमा हुने तालिका छ । आउँदो जुन २ तारिखदेखि शुरु हुने टी–२० विश्वकप क्रिकेटको तयारीका लागि यो शृङ्खला दुवै टोलीका लागि महत्त्वपूर्ण छ ।

वेस्ट इन्डिजको टोलीमा ब्रान्डन किङसहित रोस्टन चेज, एलिक अथान्जी, जोनसन चाल्र्स, आन्द्रे फ्लेचर, म्याथ्यु फोर्डे, जेसन होल्डर, अकेल होसेन, शामर जोसेफ, केल मेयर्स, ओबेड म्याककोए, गुदाकेश मोटी, रोमारियो शेपहर्ड र हेडन वाल्श छन् ।

सम्बन्धित खबर