२०८२ जेठ ६, सोमवार , ०१:४२:२७ बजे

Sajhamanch
'

विपक्षीको नाराबाजीबीच विश्वासको मत लिँदै प्रधानमन्त्री

सोमवार, जेठ ७, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्न थाल्नुभएको छ ।

आजको संसद् बैठकमा नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी गरिरहेकै बेला प्रधानमन्त्री प्रचण्ड रोस्ट्रममा पुगेर विश्वासको मत माग्न थाल्नुभएको हो । कांग्रेस सांसदले अहिले पनि नाराबाजी गरिरहेका छन् ।

यसअघि बिहान ११ बजे बोलाइएको बैठक शुरु हुने बित्तिकै कांग्रेस सांसदहरूले नाराबाजी गर्दै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले संसद् बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको थियो । त्यसपछि शुरु भएको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत माग्न थाल्नुभएको हो ।